रियलमी सी-५५ नेपाली बजारमा

हिमाल प्रेस ३ वैशाख २०८० २१:३६ | Sunday, April 16, 2023
रियलमी सी-५५ नेपाली बजारमा

काठमाडौँ- स्मार्टफोन ब्रान्ड रियलमीको सी सिरिजको लेटेस्ट् मोडल सी-५५ नेपाली बजारमा उपलब्ध भएको छ। ६४ एमपीको क्यामरा र ३३ वाटकोे फास्ट चार्जिङसहितको सी-५५ नेपाली बजारमा आएको हो। ‘यो सेग्मेन्ट र यो मुल्यको बजारमा एन्ट्री लेभल च्याम्पियनको रूपमा नयाँँ बेन्चमार्क खडा गर्ने विश्वास छ,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा उललेख गरिएको छ।

स्लिक डिजाइन र पावरफुल पर्फर्मेन्स तथा कटिङ एज फिचरयुक्त सी-५५ स्टाइल र फंक्सनालिटी दुवै खोज्ने उपभोक्ताको रोजाइमा पर्ने दाबी कम्पनीले गरेको छ।
रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले रियलमी सदैव आफ्ना उपभोक्ताका लागि उनीहरूको जीवनशैली सुहाउँदो नवीनतम प्रविधियुक्त स्मार्टफोन बनाउन प्रतिबद्ध रहेको दाबी गरे।

प्रतिबद्धताअनुसार नै आफूहरूले नयाँँ सी सिरिजका स्मार्टफोनहरूमा ब्रान्ड न्यु स्ट्राटेजिक अपग्रेड गरेका उनको भनाइ थियो। ‘हामीले हाम्रा उपभोक्ताहरूको लागि क्यामेरा, स्टोरज, चार्जिङ, र डिजाइन। यी चारवटा मुख्य फिचरहरूमा व्यापक अपग्रेड गरेर सी सिरिजका फोनहरू बजारमा ल्याएका छौँ,’ उनले भने, ‘यी सिरिजका फोनहरूको पर्फर्मेन्स पावरफुल त छँदैछ, यसको मूल्य पनि यसरी राखेका छौँ कि यस्तो फिचर र यस्स्तो पर्फर्मेन्स भएको फोन अहिलेको नेपाली बजारमा यो मूल्यमा उपलब्ध नै छैन।’

यस स्मार्टफोनमा ६४ एमपीको एआइ क्यामरा र ८ एमपीको सेल्फी क्यामरा रहेको छ। ३३ वाटको चार्जिङ र ५ हजार एमएएच्को शक्तिशाली ब्याट्री रहेको छ।

९० हर्जको फुल एचडी प्लस डिस्प्ले र एन्ड्रोइड फोनहरूमै सबैभन्दा पहिलो मिनी क्याप्सुल स्मार्टफोन रहेको कम्पनीको दाबी छ। यसको मोटाइ ७.८९ एमएम रहेको र यो मूल्यका अरु फोनहरूमध्ये सबैभन्दा स्लिम रहेको कम्पनीको भनाइ छ।

यसमा ८ जीबीको ¥याम र १६ जीबीको डाइनामिक ¥याम रहेको छ। जसले गर्दा ब्याकग्राउन्डमा २० वटा सम्म एपहरू बिना कुनै ल्याग चलाउन सकिने कम्पनीको भनाइ छ। सी सिरिजको यो पहिलो मोडल रहेको र यो फोन सनसावर र रेनी नाइट गरी दुइटा रंगमा उपलब्ध छ । कम्पनीकाअनुसार ६ जीबी प्लस ६४ जीबी स्टोरेज भएको सेटको मूल्य २१ हजार ९ सय ९९ रुपैयाँ र ८ जीबी प्लस १२८ जीबी स्टोरेज भएको सेटको मूल्य २५ हजार ९ सय ९९ रुपैयाँ रहेको छ।

प्रकाशित: ३ वैशाख २०८० २१:३६ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast