रास्वपाको बैठक बस्दै, ढाकाकुमारबारे निर्णय लिँदै

हिमाल प्रेस २९ चैत २०७९ ७:२१ | Wednesday, April 12, 2023
रास्वपाको बैठक बस्दै, ढाकाकुमारबारे निर्णय लिँदै ढाकाकुमार श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ। बैठक आज बिहान ९ बजे पार्टी कार्यालयमा बोलाइएको महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए।

ढकालका अनुसार बैठकले व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड माग गरेका सांसद डा. ढाकाकुमार श्रेष्ठबारे निर्णय गर्ने छ।

श्रेष्ठले प्रसाईंसँग मन्त्री बन्न पार्टीका सभापति रवि लामिछानेलाई दुई करोड बुझाउनुपर्ने भन्ने अडियो आइतबार सार्वजनिक भएको थियो। उक्त अडियो प्रकरणले पछिल्लो समय सांसद श्रेष्ठ विवादित छन्। उक्त अडियो उनको भए/नभएको र कारबाहीबारे आजको बैठकबाट निर्णय गरिने बताइएको छ।

रास्वपाको केन्द्रीय अनुशासन तथा आचरण समितिले सांसद श्रेष्ठको अडियो प्रकरणबारे मंगलबार पार्टी सभापति रवि लामिछानेलाई प्रतिवेदन बुझाएको थियो।

प्रारम्भिक बयानमा सांसद श्रेष्ठले उक्त अडियो आफ्नो नभएको बयान दिएका छन्। उनले दुर्गा प्रसाईंलाई नचिनेको र उनीसँग फोन संवाद समेत नगरेको जिकिर गरेका छन्।

प्रकाशित: २९ चैत २०७९ ७:२१ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two + twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast