राष्ट्रियसभा बैठक आज बस्दै

हिमाल प्रेस १५ वैशाख २०८० ७:१६ | Friday, April 28, 2023
राष्ट्रियसभा बैठक आज बस्दै

काठमाडौँ- राष्ट्रियसभाको बैठक आज बस्दैछ। बैठक दिउँसो ४ बजेका लागि बोलाइएको छ।

बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण भन्दै आजसम्मका लागि स्थगित भएको थियो।

यसअघि हिजो तय भएको बैठकमा विषयगत समिति सदस्यको नाम हेरफेर गरिनेसहितको सम्भावित कार्यसूची सार्वजनिक गरिएको थियो।

साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले प्रतिलिपि अधिकार विधेयक २०७६ फिर्ता गरियोस् भन्ने प्रस्ताव सभासमक्ष पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको थियो।

प्रकाशित: १५ वैशाख २०८० ७:१६ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast