राष्ट्रियसभालाई सरकारले संघीय संसद्को रूपमा स्वीकारेन : सांसद देव

हिमाल प्रेस ४ वैशाख २०८० १६:४७ | Monday, April 17, 2023
राष्ट्रियसभालाई सरकारले संघीय संसद्को रूपमा स्वीकारेन : सांसद देव फाइल तस्बिर

काठमाडौँ– राष्ट्रियसभा सदस्य जितेन्द्रनारायण देवले राष्ट्रिय सभालाई सरकारले संघीय संसद्को रूपमा स्विकार्न नसकेको आरोप लगाएका छन्।

सोमबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा र राष्ट्रिय सभाको महत्त्व बराबर भएपनि सरकारले त्यसलाई स्विकार्न नसकेको बताए। उनले सरकारले राष्ट्रियसभा बिना संघीय संसद् हुनसक्दैन भन्नेकुरा मान्न नसकेको बताए।

उनले प्रतिनिधि सभाभन्दा राष्ट्रिय सभाको अधिकार, गरिमा, संविधानले दिएको मान्यता कमजोर नरहेको जिकिर गरे। उनले राष्ट्रिय सभाका ४ वटा समितिहरूले दिने निर्देशन र सुझाव सरकारले गम्भीरताका साथ नलिएको पनि बताए।

राष्ट्रिय सभा सदस्य देवले आगामी दिनमा सरकारले संसदीय समितिहरूले दिने निर्देशन र सुझावलाई गम्भीरताका साथ लिनुपर्नेमा जोड दिए।

 

प्रकाशित: ४ वैशाख २०८० १६:४७ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

six − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast