राष्ट्रपति रामचन्द्र पौडेल।
काठमाडौँ– भारतमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ। नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा भर्ना भई उपचारको चौथो दिन उनको स्वास्थ्यमा सुधार आएको हो।
अस्पतालका चिकित्सकहरूलाई उद्धृत गर्दै नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले राष्ट्रपति पौडेलको स्वास्थ्यमा थप सुधार आएको जनाएको छ। छातीमा समस्या देखिएपछि ६ वैशाखमा नयाँ दिल्लीस्थित एम्स भर्ना गरिएको उनको उपचार जारी छ।

प्रकाशित: ९ वैशाख २०८० २१:४२ | Saturday, April 22, 2023
प्रतिक्रिया




