राष्ट्रगौरव पदकबाट मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी विभूषित

हिमाल प्रेस १ वैशाख २०८० १४:०२ | Friday, April 14, 2023
राष्ट्रगौरव पदकबाट मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी विभूषित

काठमाडौँ- मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मी राष्ट्रगौरव पदकबाट विभूषित भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलले शुक्रबार शीतलनिवासमा आयोजित विशेष समारोहका बीच पूर्वअध्यक्ष रेग्मीलाई विभूषण प्रदान गरेका हुन् ।

पूर्वप्रधानन्यायाधीश समेत रहेका रेग्मीले २०७० सालमा सरकारको नेतृत्व गरी संविधानसभाको दोस्रो निर्वाचन सफलतापूर्वक सम्पन्न गराएका थिए।

राजनीतिक दलहरू एकले अर्काको नेतृत्व नस्विकार्ने अवस्था आएका बेला रेग्मीले नेतृत्व लिएर राजनीतिक कोर्स अवरुद्ध हुन दिएका थिएनन्।

सोही निर्वाचनबाट निर्वाचित संविधानसभाले २०७२ सालमा मुलुकलाई नयाँ संविधान दिएको थियो। यसअघि पनि यो पदक राष्ट्रका लागि योगदान गरेका व्यक्तिले पाउँदै आएका थिए। पूर्वप्रधानमन्त्रीहरू झलनाथ खनाल, सुशील कोइराला, गिरिजाप्रसाद कोइरालालगायतलाई प्रदान गरी सकिएको छ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषणमध्ये नेपाल रत्न, राष्ट्र गौरब, सुप्रसिद्ध प्रबल जनसेवाश्री, प्रसिद्ध प्रबल जनसेवाश्री, सुकीर्तिमय राष्ट्रदीप, सुप्रवल जनसेवाश्री, कीर्तिमय राष्ट्रदीप, प्रबल जनसेवाश्री, राष्ट्रदीप र जनासेवाश्री प्राप्त गरेकाहरूलाई आज शितल निवासमा विभूषित गरिएको हो।

 

प्रकाशित: १ वैशाख २०८० १४:०२ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast