 तस्बिर- हिमाल प्रेस
                             तस्बिर- हिमाल प्रेस
                                            काठमाडौँ– अर्थविद् एवम् राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ १ का उम्मेदवार डा. स्वर्णिम वाग्लेले पछिल्लो समय नेपाली राजनीतिलाई पैसाको पावरले विकृत बनाइरहेको जिकिर गरेका छन्।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्। पैसाले राजनीतिलाई धेरै नै मलजल गरेकाले यस्तो विकृत पक्षलाई हटाउन जरुरी रहेको उनको भनाइ छ।
‘उम्मेदवार उठ्नका लागि करोडौं पैसा पार्टीलाई बुझाउनुपर्ने अहिलेको अवस्था छ। पार्टीलाई पैसा बुझाएर चुनाव जितेर आएको मान्छेले सुशासन होइन कुशासनलाई मलजल गर्छ। सुशासनको कुरा गर्ने तर सरकारका हरेक तह र निकायमा हुने सेटिङले लोकतन्त्रलाई नै विकृत बनाइरहेको छ। पुराना पार्टीहरूमा टिकटको किनबेच हुने गरेको छ। दलहरूको यस्तो सेटिङले देशमा सुशासन होइन भएको लोकतन्त्रलाई नै विकृत गरिरहेको छ,’ उनले भने,’वडा सदस्यको लागि पनि पार्टीलाई पैसा दिनुपर्ने, मालदार मन्त्रीहरूका लागि १० औं करोडसम्मको डिल हुन्छ। यस्तो अवस्थाको अन्त्य गर्नका लागि मैले रास्वपाबाट उम्मेदवारी दिएको हुँ।’
वाग्लेले राष्ट्रपति रामचन्द्र पौडेको उत्तराधिकारीका रूपमा आफू तनहुँबाट विजयी हुने दाबी गरे। उनले आफू पछि फर्किने नभई अघि बढ्नका लागि नै रास्वपा प्रवेश गरेको स्पष्ट पारे।

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 