ललितपुर– वर्षा र सहकालका देवता रातो मछिन्द्रनाथको रथयात्रा सोमबार (आज) सुरु भएको छ। पहिलो दिन सोमबार पुल्चोकबाट तानिएको रथ गाबहाल पुर्याइएको छ। रातो मछिन्द्रनाथ रथयात्रा उपत्यकाकै सबैभन्दा लामो अवधिसम्म मनाइने जात्रा हो।
वैशाख शुक्ल पक्ष प्रतिपदादेखि सुरु भएर असार शुक्लचौथीसम्म करिब दुई महिना रातो मच्छिन्द्रनाथको रथयात्रा गराइन्छ। यसअविधिमा रथलाई पाटनमा घुमाइन्छ।

तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: ११ वैशाख २०८० २०:०३ | Monday, April 24, 2023
प्रतिक्रिया






