रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी

हिमाल प्रेस १ वैशाख २०८० १४:३७ | Friday, April 14, 2023
रवि लामिछानेविरुद्ध अख्तियारमा उजुरी खेम भण्डारी

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ। लामिछानेविरुद्ध कन्चनपुरका पत्रकार खेम भण्डारीले अनलाइनमार्फत उजुरी दिएका हुन्।

लामिछाने आफू गृहमन्त्री हुँदा राष्ट्रिय परिचयपत्र रुजुसम्बन्धी गैरकानुनी कार्यविधि बनाएको भन्दै भण्डारीले उजुरी दिएको बताएका छन्।

‘गृहमन्त्री हुँदा रवि लामिछानेले राष्ट्रिय परिचयपत्र रुजु सम्बन्धी गैरकानुनी कार्यविधि बनाएर भ्रष्टाचार गर्ने नियतले ठेक्का आह्वान गरेको विषयमा आज मैले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनलाइन उजुरी दिएको छु,’ उनले फेसबुकमार्फत भनेका छन्, ‘उजुरी दर्ता भएको छ।’

प्रकाशित: १ वैशाख २०८० १४:३७ | Friday, April 14, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast