रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते

हिमाल प्रेस ४ वैशाख २०८० ८:१२ | Monday, April 17, 2023
रवि लामिछानेका सवारी चालक छतबाट खसेर गम्भीर घाइते

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का अध्यक्ष रवि लामिछानेका सवारी चालक (ड्राइभर) छतबाट खसेर गम्भीर घाइते भएका छन्।

आज बिहान लामिछानेको चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको घरको छतबाट खसेर सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका–३ का ३९ वर्षीय शम्भु भन्ने दिलबहादुर थापा घाइते भएको प्रहरीले जनाएको छ।

उनको खुट्टामा र टाउको चोट चोट लागेको र उनी गम्भीर घाइते भई पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भई रहेको चितवन प्रहरीले जनाएको छ।

प्रकाशित: ४ वैशाख २०८० ८:१२ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast