रवि र विवादित सांसद ढाकाकुमारबीच छलफल

हिमाल प्रेस २९ चैत २०७९ १६:३१ | Wednesday, April 12, 2023
रवि र विवादित सांसद ढाकाकुमारबीच छलफल ढाकाकुमार श्रेष्ठ

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र विवादित सांसद ढाकाकुमार श्रेष्ठबीच छलफल भएको छ। मन्त्री बन्न भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो बाहिरिएपछि सांसद श्रेष्ठ विवादित छन्।

उनलाई पार्टीले निलम्बन पनि गरेको छ। उनको सांसद पद नै खारेज गर्ने या नगर्ने अथवा के कारबाही गर्ने भन्नेबारे अन्तिम निर्णय आज हुँदैछ। सोही निर्णय लिनका लागि रास्वपाको केन्द्रीय कार्यालयमा केन्द्रीय समितिको बैठक पनि सुरु भइसकेको छ।

आरोप लागेका श्रेष्ठले उक्त अडियोमा भएको आवाज आफ्नो नभएको दाबी गरेका छन्। यसबारे रास्वपाको अनुशासन समितिले प्रतिवेदन नै तयार पारेर सभापति लामिछानेलाई बुझाइसकेको छ। अडियोमा श्रेष्ठले उक्त रकम रवि लामिछानेको ‘कोर टिम’का सदस्यलाई बुझाउनु पर्ने बताएका छन्।

यही विषयमा सभापति लामिछानेले केन्द्रीय समिति बैठकअघि श्रेष्ठसँग कुरा गरेका हुन्।

 

प्रकाशित: २९ चैत २०७९ १६:३१ | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast