रविका चालक थापाको उपचार मेडिसिटीमा

हिमाल प्रेस ५ वैशाख २०८० १७:५० | Tuesday, April 18, 2023
रविका चालक थापाको उपचार मेडिसिटीमा

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका चालक दिलबहादुर थापा (शुम्भ) लाई थप उपचारका लागि काठमाडौँ ल्याइएको छ। थापा आइतबार राति घरको छतबाट लडेर सख्त घाइते भएका थिए।

उनलाई ३६ घण्टासम्म चितवनको पुरानो मेडिकल कलेजमा आईसीयूमा राखेर उपचार गरिएको थियो।

सभापति लामिछानेले भनेका छन्, ‘उनको स्वास्थ्य स्थिति स्थिर तथा सुधारोन्मुख रहेको तथा बिरामीको स्वास्थ्य अवस्थालाई दृष्टिगत गरी थप उपचारका लागि चिकित्सकको सल्लाहमा काठमाडौँको नेपाल मेडिसिटी अस्पतालमा पठाइएको छ।’

थापालाई नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौँ ल्याइएको हो।

प्रकाशित: ५ वैशाख २०८० १७:५० | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast