योजना आयोगमा ३ जना सदस्य नियुक्त

हिमाल प्रेस ९ वैशाख २०८० १४:५५ | Saturday, April 22, 2023
योजना आयोगमा ३ जना सदस्य नियुक्त

काठमाडौँ- सरकारले राष्ट्रिय योजना आयोगमा ३ जना सदस्य नियुक्त गरेको छ। आगामी आर्थिक वर्ष २०८०/८१को बजेट निर्माणको क्रममा रहेका बेला सरकारले ३ जना विज्ञ सदस्य नियुक्त गरेको हो।

पूर्वाधार, अर्थतन्त्र, व्यापार, शिक्षा, स्वास्थ्य क्षेत्रका जानकारहरूलाई सदस्यमा नियुक्त गरिएको सरकारले जानकारी दिएको छ। आयोगकमा वरिस्ठ अर्थशास्त्री डा. रमेशचन्द्र पौडेल, स्वास्थ्य क्षेत्रका जानकार प्रा. डा आरपी विछा र प्रभु बुढाथोकीलाई नियुक्त गरिएको हो।

अष्ट्रेलिया नेसनल विश्वविद्यालयबाट अर्थशास्त्रमा विद्यावारिधि गरेका पौडेल हाल त्रिभुवन विश्वविद्यालय केन्द्रीय अर्थशास्त्र विभागका सहप्राध्यापकका साथै त्रिभुवन विश्वविद्यालय अन्तर्गत सुशासन तथा भ्रष्टाचार निवारण अध्ययन केन्द्रका प्रमुख पनि हुन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले आयोगको उपाध्यक्षमा यसअघि अर्थशास्त्री डा. मीनबहादुर श्रेष्ठलाई नियुक्त गरेको थियो। आयोगको अध्यक्ष प्रधानमन्त्री रहने कानुनी व्यवस्था छ।

प्रकाशित: ९ वैशाख २०८० १४:५५ | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast