यु-१६ राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

हिमाल प्रेस १७ वैशाख २०८० २१:४४ | Sunday, April 30, 2023
यु-१६ राष्ट्रिय क्रिकेटको उपाधि कोशी प्रदेशलाई

कैलाली- कैलालीको धनगढीमा जारी यू-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि कोशी प्रदेशले जितेको छ। आइतबार धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा भएको फाइनलमा बागमती प्रदेशलाई ३५ रनले हराउँदै कोशी प्रदेश प्रतियोगिताको च्याम्पियन बनेको हो।

प्रतियोगिताको विजेता बनेसँगै कोशी प्रदेशले ट्रफीसहित नगद २ लाख रुपैयाँ पुरस्कार पाएको छ। उपविजेता बनेको बागमती प्रदेशले ट्रफीसहित नगद १ लाख रुपैयाँ पाएको छ।

आइतबार भएको फाइनल खेलमा टस जितेर पहिले ब्याटिङ गर्दै कोशी प्रदेशले निर्धारित २५ ओभरमा ७ विकेट गुमाउँदै १७१ रन बनाएको थियो। वर्षाका कारण खेल २५ ओभरको गराइएको थियो।

जवाफमा बागमती प्रदेशले २४.४ ओभरमा सबै विकेट गुमाएर १३६ रन मात्रै बनाउन सक्यो।

प्रकाशित: १७ वैशाख २०८० २१:४४ | Sunday, April 30, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast