युवा संघ अध्यक्षमा थेबे निर्वाचित

हिमाल प्रेस ३० चैत २०७९ १२:१६ | Thursday, April 13, 2023
युवा संघ अध्यक्षमा थेबे निर्वाचित

काठमाडौँ- नेकपा एमालेनिकट राष्ट्रिय युवा संघको अध्यक्षमा क्षितिज थेबे सर्वसम्मत चयन भएका छन्। नेपालगञ्जमा सम्पन्न महाधिवेशनले थेबेलाई अध्यक्ष चयन गरेको हो।

महाधिवेशनले अमित लामा, पुष्प श्रेष्ठ, कृष्णहरी केसी, महाराज गुरुङ, सीता सुवेदी, रमेश तिवारी र प्रकाश गौतमगरी सात जनालाई उपाध्यक्ष चयन गरेको छ।

महासचिवमा सुमन पुरी चयन भएका छन्। महेन्द्र गुरुङ र राजन थापा उपमहासचिव बनेका छन्।

सचिव नौ जना छन्। विनय शाह, खेम शर्मा, जय गुरुङ, मोबिन आलम, अनिता कन्दङ्वा, देवानन्द मेहता, विष्णा चन्द, पर्वत भण्डारी र कुवेर अधिकारीलाई सचिव बनाइएको हो।

राकेश राई कोषाध्यक्ष बनेका छन्।

प्रकाशित: ३० चैत २०७९ १२:१६ | Thursday, April 13, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast