अर्थमन्त्रीले भने : पूर्वलडाकुलाई दिने रकमबारे मलाई थाहा छैन

हिमाल प्रेस १५ वैशाख २०८० १३:४६ | Friday, April 28, 2023
अर्थमन्त्रीले भने : पूर्वलडाकुलाई दिने रकमबारे मलाई थाहा छैन

काठमाडौँ- अर्थमन्त्री डा.प्रकाशशरण महतले अयोग्य लडाकुलाई दुई लाख दिने मन्त्रीपरिषद्को निर्णयबारे अनविज्ञ रहेको बताएका छन्।

शुक्रबार राष्ट्रिय युवा संघले अयोग्य लडाकुलाई दुई लाख दिने सरकारको निर्णयविरुद्धको ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री डा.महतले पैसा बाँड्ने कार्यविधि मन्त्रीपरिषद्ले पास गरेर अगाडि बढाउनेबारे जानकारी नभएको बताए।

उनले आफू अर्थमन्त्री भएर आए पश्चात अर्थ मन्त्रालय र मन्त्रीपरिषद्ले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय नगरेको स्पष्ट पारे।

उनले अयोग्य लडाकुलाई दुई लाख दिने निर्णय अर्थमन्त्रीले गरेको भन्ने समाचार बाहिर आएको भएपनि आफू अर्थमन्त्री भएपछि यस्तो खालको निर्णय नभएको बताए।

 

प्रकाशित: १५ वैशाख २०८० १३:४६ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast