यस्तो छ ‘गणपति’को टिजर (भिडियोसहित)

हिमाल प्रेस २७ चैत २०७९ १२:५७ | Monday, April 10, 2023
यस्तो छ ‘गणपति’को टिजर (भिडियोसहित)

काठमाडौँ- फिल्म ‘गणपति’को टिजर सार्वजनिक भएको छ। एक मिनेट ३७ सेकेन्डको टिजर आइतबार ओएसआर युट्युब च्यानलबाट सार्वजनिक भएको हो।

जन्मिँदा समाजले भगवान् बनाएको मान्छे समयसँगै उसका जीवनमा आएको उतारचढावलाई टिजरमा देखाउन खोजिएको छ। सन्तान प्राप्तिमा गरिने धार्मिक आस्थालाई पनि टिजरले समेटेको छ।

अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहेको फिल्म आगामी जेठ ५ गते प्रदर्शन हुनेछ।

सबिन अधिकारीले निर्देशन गरेको सिनेमामा मुकुन र मेनुकासहित प्रकाश घिमिरे, सूर्यमाला खनाल, राजाराम पौडेल, जयनन्द लामा, पुष्कर गुरुङ, अंशु मानन्धर, सुशील पोखरेल, देवेन्द्र बब्लु, कालु रानालगायतको अभिनय छ।

लक्ष्मण थापाले निर्माण गरेको फिल्म हरिबहादुर घलेले छायांकन गरेका हुन्।

https://www.youtube.com/watch?v=4uGsf3oKULI

प्रकाशित: २७ चैत २०७९ १२:५७ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast