काठमाडौँ- सलमान खान अभिनीत हिन्दी फिल्म ‘किसी का भाइ किसी की जान’ को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलर सोमबार सलमान खान फिल्म्स् नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
फिल्मका निर्देशक फरहाद सामजीको निर्देशनमा बनेको फिल्ममा सलमान, दग्गुबती वेंकटेश, पूजा हेगडे र जगपति बाबु मुख्य भूमिकामा छन्। फिल्म अप्रिल २१ तारिखमा प्रदर्शन हुनेछ।
प्रकाशित: २८ चैत २०७९ १५:०३ | Tuesday, April 11, 2023
प्रतिक्रिया



