काठमाडौँ- हाल देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।
हाल देशका सुदूरपश्चिम प्रदेश र कोशी प्रदेश लगायत पहाडी भूभागमा आंशिक बदली रही बाँकी तराई भूभागको मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एक/दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना छ।
आज राति देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ।
प्रकाशित: २८ चैत २०७९ ६:५३ | Tuesday, April 11, 2023
प्रतिक्रिया




