 
                            
                                            काठमाडौँ- आज (आइतबार) बारा २, चितवन २ र तनहुँ १ मा प्रतिनिधिसभा सदस्यका लागि उपनिर्वाचन भइरहेको छ। बिहान ७ बजेबाट मतदान सुरु भएको हो।
मतदान गर्न मतदाता बिहानैदेखि लामबद्ध छन्। शान्तिपूर्णरूपमा मतदान भइरहेको निर्वाचन आयोगले जनाएको छ।
गत मंसिर ४ मा भएको निर्वाचनमा बारा-२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपतिमा निर्वाचित भएका छन्। चितवन २ बाट निर्वाचित रवि लामिछाने नागरिकता प्रकरणमा कसुरदार ठहरिएपछि उनको सांसद पद गएकाे थियो। त्यस्तै तनहुँ-१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएका छन्। त्यसैले यी तीन क्षेत्र रिक्त भएका हुन्।
सो रिक्त स्थानमा उपनिर्वाचन भइरहेको हो। मतदान साँझ ५ बजेसम्म हुनेछ।
चितवन-२
 
 

तनहुँ-१
 
  
 
सबै तस्बिरः रासस
                            प्रकाशित: १० वैशाख  २०८० ८:२४ 
                        
                        
                    
                        प्रतिक्रिया
                        
		
	
                    
                    
 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 