यथास्थितिमा सरकारमा जाने सम्भावना छैन : रवि लामिछाने

हिमाल प्रेस १५ वैशाख २०८० १२:२६ | Friday, April 28, 2023
यथास्थितिमा सरकारमा जाने सम्भावना छैन : रवि लामिछाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले यथास्थितिमा वर्तमान सरकारमा जाने सम्भावना नरहेको प्रष्ट पारेका छन्।

उनले आज संसद्को शपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारमा जाने सोच नभएको बताएका हुन्। उनले सरकारलाई दिएको समर्थनबारे पनि पार्टीको बैठकबाट निर्णय लिने बताएका छन्।

‘प्रधानमन्त्रीले बधाई दिन फोन गर्नुभएको थियो। सरकारमा सहभागिताका विषयमा कुरा भएन,’ लामिछानेले भने, ‘अस्थिरता नहोस् भन्ने चाहन्छौ, यथास्थितिमा सरकारमा जाने कुरा सोचेका छैनौं।’

अर्का सांसद स्वर्णिम वाग्लेले देश विकासका लागि राजनीतिक स्थिरताको कुरा साधन नभई सैद्धान्तिक मान्यता रहेको बताए।

प्रकाशित: १५ वैशाख २०८० १२:२६ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast