मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

हिमाल प्रेस १४ वैशाख २०८० १७:२५ | Thursday, April 27, 2023
मौद्रिक नीतिलाई खुकुलो बनाउन जरुरी छ : अर्थमन्त्री डा. महत

विराटनगर– अर्थतन्त्रमा देखिएको शिथिलता अहिलेको मूलभूत समस्या भएको अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।

आगामी आर्थिक वर्ष ०८०/८१ को बजेट एवम् राजस्व नीति तर्जुमाका सन्दर्भमा आयोजित कोशी प्रदेशस्तरीय कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. महतले समस्या समाधानका लागि मौद्रिक नीति खुकुलो बनाउन जरुरी भएको बताएका हुन्।

‘अर्थतन्त्रको दुईवटा महत्वपूर्ण नीतिगत पाटो छन्– एउटा मौद्रिक नीति र अर्को वित्तीय,’ उनले भने, ‘एउटा परिवेशमा राष्ट्र बैंकले मौद्रिक नीतिलाई कसिकसाउ गर्‍यो। मलाई लाग्छ, त्यसलाई अहिले खुकुलो गर्न जरुरी छ।’

खुकुलो मौद्रिक नीतिका बारेमा राष्ट्र बैंकको नेतृत्वसँग कुराकानी भएको र यसमा राष्ट्र बैंक सकारात्मक रहेको महतले बताए। उनले भने, ‘मौद्रिक नीतिको जिम्मेवारी राष्ट्र बैंकलाई छ। उसलाई स्वतन्त्र रूपमा काम गर्ने अधिकार छ। हामी त सल्लाहमात्रै दिने हो।’
अर्थमन्त्री महतले अर्थतन्त्रका समस्या समाधानमा आफूले इमान्दार प्रयास गरिरहेको बताए।

प्रकाशित: १४ वैशाख २०८० १७:२५ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen − seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast