मोटरसाइकल र बस ठोक्किँदा एकजनाको मृत्यु

हिमाल प्रेस २८ चैत २०७९ ८:३४ | Tuesday, April 11, 2023
मोटरसाइकल र बस ठोक्किँदा एकजनाको मृत्यु

तनहुँ- तनहुँको आँबुखैरनीमा मोटरसाइकल दुर्घटना हुँदा एकजनको मृत्यु भएको छ।

बेंसीसहरबाट काठमाडौँ जाँदै गरेको ग २२ प ९८२३ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आइरहेको ग १ ख ९४०२ को बस तनहुँको आँबुखैरनी गाउँपालिका ४, मर्स्याङ्दी जलविद्युत आयोजनाको विद्युतगृह नजिकै ठोक्किदा लमजुङको दूधपोखरी गाउँपालिका–६, का ३० वर्षीय सन्तोष गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोमबार साँझ दुर्घटनामा परेर दोर्दी गाउँपालिका ५, पाचोकका भिमसेन गुरुङ गम्भीर घाइते भएका छन्।

घाइते भिमसेनको पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचार भइरहेको तनहुँका प्रहरी नायव उपरीक्षक मोहन बहादुर खाणले जानकारी दिए।

प्रकाशित: २८ चैत २०७९ ८:३४ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast