मेयर बालेनविरुद्धको रिटको सुनुवाइ आज

हिमाल प्रेस ५ वैशाख २०८० ८:५२ | Tuesday, April 18, 2023
मेयर बालेनविरुद्धको रिटको सुनुवाइ आज

काठमाडौँ- काठमाडौँ महानगरपालिका मेयर बालेन शाहविरुद्धको रिटमा आज सुनुवाइ हुनेछ।

मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र राष्ट्रपति कार्यालय शीतलनिवासको फोहोर नउठाएको भन्दै काठमाडौँ महानगरपालिकाका मेयर शाहविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमा आज सुनवाइ हुन लागेको हो।

अधिवक्ता पदम श्रेष्ठले काठमाडौँ महानगरपालिकाले कानुनविपरीत फोहोर संकलन नगरेको उल्लेख गर्दै तत्काल फोहोर संकलन गरी ल्यान्डफिल्ड साइडमा लैजान, नियमित फोहोर संकलन र बिसर्जन गर्नु पर्नेलगायतका माग गर्दै सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

सोही रिटमा आज सुनवाइ हुन लागेको हो।

प्रकाशित: ५ वैशाख २०८० ८:५२ | Tuesday, April 18, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast