काठमाडौँ- जल तथा मौसम विज्ञान विभागले मुलुकका केही भागमा मेघगर्जनसहित चट्याङको सम्भावना रहेको बताएको छ। देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेकाले केही स्थालमा मेघगर्जनसहित चट्याङको सम्भावना रहेको बताएको हो।
देशका पहाडी भू-भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको विभागको भनाइ छ। आइतबार देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने विभागले बताएको छ।
तराईका थोरै स्थानमा हावाहुरीको सम्भावना रहेको विभागको भनाइ छ। रासस
प्रकाशित: ९ वैशाख २०८० २१:४६ | Saturday, April 22, 2023
प्रतिक्रिया




