मुख्यमन्त्रीले विश्‍वासको मत नपाएपछि ढल्यो गण्डकी सरकार

हिमाल प्रेस ९ वैशाख २०८० १९:०० | Saturday, April 22, 2023
मुख्यमन्त्रीले विश्‍वासको मत नपाएपछि ढल्यो गण्डकी सरकार

पोखरा– गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन्। प्रदेशसभाको शनिबारको बैठकमा उनले विश्वासको मत पाउँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा बहुमत प्राप्त गर्न नसकेका हुन्। योसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार १ सय दिनमै ढलेको छ।

६० सदस्यीय प्रदेशसभामा मत विभाजनमा ५९ सदस्यले भाग लिएका थिए। उनलाई २४ सांसदले मात्र विश्वासको मत दिएकोमा विपक्षमा ३५ मत परेको छ। बहुमतका लागि ३१ मत आवश्यक पर्छ। गण्डकी सरकार ढलेसँगै अब प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन्।

२५ पुसमा मुख्यमन्त्री नियुक्त खगराज अधिकारीलाई सत्तासाझेदार मओवादी केन्द्रले गत १० चैतमा साथ छाडेकव थियो। त्यसपछि सदनबाट विश्वासको मत लिनका लागि शनिबार प्रदेशसभा बैठक बसेको थियो। एमाले संसदीय दलका नेता अधिकारलाई प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधान १६८ (२) बमोजिम गण्डकीको तेस्रो मुख्यमन्त्रीमा नियुक्त गरेका थिए।

गण्डकी प्रदेश मन्त्रिपरिषद्लाई १२ बाट ७ मा घटाएर उनले चर्चा पाए पनि १ सयदिनको अवधिमा अधिकारी नेतृत्वको सरकारले खास उपलब्धिमुलक भने गर्न नसकेको टिप्पणी छ। ४ मंसिरको चुनावबाट गण्डकी प्रदेशमा कांग्रेसले २७ सिट जित्दै सबैभन्दा ठूलो दल बनेको थियो। एमालेका २२, माओवादी केन्द्रको ८, राप्रपाको २ र स्वतन्त्र १ (पछि एकीकृत समाजवादीमा प्रवेश) सांसद छन्।

प्रकाशित: ९ वैशाख २०८० १९:०० | Saturday, April 22, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast