मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै

हिमाल प्रेस २ वैशाख २०८० ८:३३ | Saturday, April 15, 2023
मिथिलाञ्चलमा आज जुडशीतल पर्व मनाइँदै फाइल तस्बिर

काठमाडौँ- तराई मधेश तथा मिथिलाञ्चल क्षेत्रमा आज जुडशितल पर्व मनाइँदैछ।

नयाँ वर्षको अवसरमा वैशाख २ गते बिहानै बुवाआमा, गुरु, मान्यजन एवं घरका श्रेष्ठ सदस्यले आफूभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घ जीवनको आशीर्वाद दिएर जुडशीतल पर्व मनाइँदैछ।

वर्ष भरी सुख, समृद्धि, शान्ति, दीर्घायु एवं उत्तरोत्तर प्रगति होस् भन्ने कामना गर्दै आफूभन्दा सानालाई आशीर्वाद दिने र सानाले पनि मान्यजनबाट आशीर्वाद लिने प्रचलन रहिआएको छ।

त्यस्तै आजका दिनमा खेतबारीमा मलजल गर्ने र बोटबिरुवामा पानी हाल्ने गरिन्छ। सूर्यको तापबाट आकुलव्याकुल मानवलगायत रुखविरुवालाई शीतलता प्रदान गर्नु यस पर्वको मूल उद्देश्य रहेको संस्कृतिविद्हरू बताउँछन्।

आजका दिन घर–घरमा मिष्ठान परिकार भात, दाल, तरकारी, करही बरी, तरुवा, भुजुवालगायतको भोजन बनाएर खाने परम्परा रहेको छ।

प्रकाशित: २ वैशाख २०८० ८:३३ | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − seven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast