मिटरब्याजीपीडितसँग सरकारी टोलीको वार्ता सकारात्मक, मंगलबार पुन: गरिने

हिमाल प्रेस २७ चैत २०७९ १६:५५ | Monday, April 10, 2023
मिटरब्याजीपीडितसँग सरकारी टोलीको वार्ता सकारात्मक, मंगलबार पुन: गरिने

काठमाडौँ– आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको छ। सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीप कोइराला संयोजकत्वको टोलीले पीडितहरूसँग गरेको दोस्रो वार्ता दुवै पक्षबीच सकारात्मक भएको मिटरब्याजीपीडित संघर्ष समितिका प्रवक्ता मृग नवीनले बताए।

वार्तामा सरकारी वार्ता टोली र आफूहरूले आ-आफ्ना धारणा राखेको उनले जानकारी दिए। मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको उनको भनाइ छ।

पीडितहरूसँग यसअघि भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागबारे दोहोरो चरणमा संवाद भए पनि सहमति हुन नसकेको उनले बताए।

वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको उनले जनाए। मंगलबार मिटरब्याजीपिडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको उनले जानकारी दिए।

प्रकाशित: २७ चैत २०७९ १६:५५ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast