 फाइल तस्बिर।
                             फाइल तस्बिर।
                                            काठमाडौँ– प्रमुख प्रतिपक्षी नेकपा एमालेले मिटरब्याजपीडित र व्यवसायीहरूको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको छ।
शनिबार पार्टी केन्द्रीय कार्यालयमा बसेको पार्टी सचिवालय बैठकले मिटरब्याजपीडित र व्यवसायीहरूका माग तत्काल सम्बोधन गर्न माग गरेको हो।
मिटरब्याजपीडितहरूको समस्या समाधानका लागि ठोस, सार्थक र शीघ्र पहल गर्न सरकार गम्भीर हुनुपर्ने र मिटरब्याज असुल गर्नेहरूलाई अपराधी ठहर गरी कानुनी कारबाही गर्न एमालेले माग राखेको छ।
गरिब जनता झुक्याएर कब्जा गरिएको घर जग्गा पीडितहरूलाई फिर्ता गराउन पनि एमालेले सरकारलाई सचेत गराएको छ।
बजारमा मौद्रिक तरलता संकट देखिएकाले यसको समाधान गर्न साथै बैंक, वित्तीय संस्था र लघुवित्तहरूको ब्याजदरलाई उचित सीमाभित्र कायम राख्न पनि एमालेले सरकारको ध्यानाकर्षण गराएको छ।
 
 

 हिमाल प्रेस
                     हिमाल प्रेस                     
                                              
                                              
                                              
                                              
                                              
                                             


 
  
  
  
  
  
  
  
  
  
 