माधव नेपालको संकेत : आगामी कार्यकाल अध्यक्ष नहुने, राजनीतिबाटै संन्यास लिने

हिमाल प्रेस १५ वैशाख २०८० ११:२६ | Friday, April 28, 2023
माधव नेपालको संकेत : आगामी कार्यकाल अध्यक्ष नहुने, राजनीतिबाटै संन्यास लिने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले लामो समय सक्रिय राजनीति नगर्ने सोचमा रहेको बताएका छन्। उनले युवा नेतालाई नेतृत्वमा ल्याएर आफूले बाहिरिने संकेत संकेत गरेका छन्।

आज (शुक्रबार) जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आगामी महाधिवेशनबाट युवालाई पार्टीको नेतृत्व सुम्पिएर सक्रिय राजनीतिबाट विश्राम लिने सोचमा रहेको बताएका हुन्।

‘अब हुने पार्टीको महाधिवेशनबाट म संन्यास लिने सोच्दै छु। पार्टीमा युवाहरूलाई अवसर दिनुपर्छ। पार्टीभित्र रहनुभएको ७० वर्ष उमेर पुरा हुनुभएका नेताहरुलाई पनि संन्यास लिन आग्रह गर्दछु,’उनले भने।

समाजवादीको महाधिवेशन यही २०८० को अन्त्यमा हुँदैछ। सोही महाधिवेशनमा आफू नरहने नेपालको संकेत थियो।

प्रकाशित: १५ वैशाख २०८० ११:२६ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast