काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले संसद् विघटनको दाउमा रहेको आरोप लगाएका छन्।
बुधबार सुनसरीको इनरुवामा सञ्चारकर्मीहरूसँगको भेटमा नेता नेपालले एमाले संसद् विघटन गरी मध्यावधि चुनावमा जाने दाउमा रहेको आरोप लगाएका हुन्।
अध्यक्ष नेपालले एमालेको सोचलाई पूरा हुन नदिने बताए। संविधान मिच्ने कुरालाई आफूले समर्थन गर्न नसक्ने उनको भनाइ छ।
एमालेसँगको एकताको सम्भावनाका बारेमा नेपालले मन र विचार मिल्नेहरूसँग बहस र छलफल गर्न तयार रहेपनि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने एकताको सम्भावना नरहेको जिकिर गरे।
प्रकाशित: २९ चैत २०७९ ११:४५ | Wednesday, April 12, 2023
प्रतिक्रिया




