माओवादीको सचेतकमा रुपा सोशी चयन

हिमाल प्रेस २९ चैत २०७९ ७:०० | Wednesday, April 12, 2023
माओवादीको सचेतकमा रुपा सोशी चयन

काठमाडौँ- नेकपा माओवादी केन्द्रको सचेतकमा सांसद रुपा सोशी चौधरी चयन भएकी छिन्। सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकले उनलाई सचेतकमा चयन गर्ने निर्णय गरेको सांसद माधव सापकोटाले जानकारी दिए।

कैलालीबाट प्रतिनिधित्व गर्ने चौधरी समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित भएकी हुन्। माओवादीले यसअघि मुख्य सचेतकमा हितराज पाण्डेलाई चयन गरिसकेको छ।

बैठकले संसदमा सशक्त ढंगबाट प्रस्तुत हुने तथा सदनमा प्रस्तुत हुने विधेयकमा प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको सांसद सापकोटाले जानकारी दिए।

प्रकाशित: २९ चैत २०७९ ७:०० | Wednesday, April 12, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven + six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast