महावीर पुनले सुरु गरे धर्ना कार्यक्रम

हिमाल प्रेस १५ वैशाख २०८० १०:५५ | Friday, April 28, 2023
महावीर पुनले सुरु गरे धर्ना कार्यक्रम

काठमाडौँ- राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारको लागि सामाजिक जनआन्दोलन र धर्ना कार्यक्रम सुरु भएको छ।

माइतीघर मण्डलास्थित बानेश्वर जाने सर्भिशलेनलाई बन्द गरेर धर्ना कार्यक्रम भइरहेको छ। ‘हाम्रा माग पूरा नभएसम्म हामीहरू निरन्तर धर्नामा बस्नेछौँ, हाम्रो धर्ना राति पनि जारी रहनेछ’, महावीर पुनले भनेका छन्।

महावीरसँगै धर्नामा बसेकाहरुले ‘स्टार्टअप उद्यमीहरूलाई प्रोत्साहन गर’, ‘अनुसन्धान, नवप्रवर्तन र आविष्कार जगतमा युवा सहभागिता’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

पुनले संघ, प्रदेश र स्थानीय सरकारले आफ्नो विकास बजेटको एक प्रतिशत बजेट छुट्याएर अनुसन्धान आविष्कारका लागि कोष बनाएर जम्मा गर्नुपर्ने माग प्रमुख माग रहेको बताए।

त्यो कोष सन्चालन गरी अनुसन्धान गर्नेहरूलाई दिनका लागि सहज किसिमको ऐन कानुन बनाउनुपर्ने मागसमेत उनले राखेका छन्।
आफ्ना मागबारे उनले यसअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर जानकारीसमेत गराएका थिए।

 

प्रकाशित: १५ वैशाख २०८० १०:५५ | Friday, April 28, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast