महावीर पुनको धर्नामा राप्रपाको ऐक्यबद्धता

हिमाल प्रेस १६ वैशाख २०८० १०:१७ | Saturday, April 29, 2023
महावीर पुनको धर्नामा राप्रपाको ऐक्यबद्धता

काठमाडौँ- विभिन्न माग राख्दै धर्ना बसिरहेका महावीर पुनसहितको राष्ट्रिय आविस्कार केन्द्रको टोलीलाई राप्रपाले समर्थन गर्दै ऐक्यबद्धता जनाएको छ। आज धर्ना स्थल पुगेर राप्रपा नेताहरूले समर्थन जनाएका हुन्।

धर्नास्थलमा निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनी, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, उपाध्यक्षहरू, अन्य पदाधिकारीहरू, संघ र प्रदेशका उपलब्ध सांसदहरू, भ्रातृ संगठनका पदाधिकारी तथा सदस्यहरुको समुह समेत ऐक्यबद्धताका लागि पुगेका थिए।

धर्नास्थल पुगेर राप्रपा निर्देशन समितिका अध्यक्ष डा‍ प्रकाशचन्द्र लोहनीले मुलुकको आर्थिक विकास, रोजगारी सिर्जना र समृद्धिका लागि खोज, अनुसन्धान, नवीन सोच र आविष्कार अपरिहार्य विषय भएको बताउनु हुँदै पुन र आविष्कार केन्द्रले उठाएका विषय र मागहरू जायज भएको बताए।

राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले योग्यता पुगेका सक्षम युवालाई विदेश पलायन हुनबाट रोक्न र नेपाललाई सबल, सक्षम र आत्मनिर्भर बनाउन पुनको प्रयास सह्रानीय रहेको र राज्यले पुन जस्ता निस्वार्थ अभियन्तालाई खोज, अनुसन्धानका लागि उचित वातावरण सिर्जना र प्रोत्साहित गरिनुपर्नेमा जोड दिए।

आविष्कार केन्द्रका पुनले आफ्नो अभियानमा संस्थागत उपस्थिति र ऐक्यबद्धता जनाएकोमा राप्रपालाई धन्यवाद दिनुहुँदै अनुसन्धान, नवप्रवर्तन र आविष्कारमा राजनीतिक दलका बीच साझा धारणा र एकताबद्ध प्रयास हुनुपर्ने बताएका थिए।
पुनको टोली शुक्रबार (हिजो)बाट धर्नामा छ।

प्रकाशित: १६ वैशाख २०८० १०:१७ | Saturday, April 29, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast