महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

हिमाल प्रेस ३ वैशाख २०८० १४:५७ | Sunday, April 16, 2023
महालक्ष्मी विकास बैंकद्वारा विद्यालयलाई सहयोग

काठमाडौँ- महालक्ष्मी विकास बैंकले विद्यालय, मन्दिर र टोल सुधार समितिलाई सहयोग गरेको छ। बैंकका विभिन्न शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामग्री सहयोग गरेको हो।

बैंकको बानेश्वर शाखाले काठमाडौँ महानगरपालिका–३२, सुविधानगरमा रहेको तिनकुने टोल सुधार समितिलाई पचास थान डस्टबिन हस्तान्तरण गरेको छ। सो वडाभित्रको फोहोर व्यवस्थापनमा सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयो गरिएको बैंकले जानकारी दिएको छ। बानेश्वर शाखा प्रमुख विकाश रावलले तिनकुने टोल सुधार समितिका अध्यक्ष विश्वराज कार्कीलाई उक्त सामग्री हस्तान्तरण गरे।

त्यस्तै बैंकको वीरगञ्ज शाखाले अलखिया मठ सञ्चालक समितिलाई खानेपानीको ट्यांकी तथा डस्टबिन सहयोग गरेको बैंकले जानकारी दिएको छ। वीरगञ्ज शाखा प्रमुख पुरुषोत्तम अधिकारीले अलखिया मठ सञ्चालक समितिका अध्यक्ष सुपेन्द्रबहादुर श्रेष्ठलाई उक्त सहयोग हस्तान्तरण गरे।

त्यस्तै धादिङको बिचबजारमा रहेको महालक्ष्मी विकास बैंकको शाखाले नीलकण्ठ नगरपालिका–७ मा रहेको कर्णेश्वर माध्यमिक विद्यालयलाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ।

विद्यालयमा अध्ययनरत गरीब, तथा न्यून आयस्रोत भएका परिवारका बालबालिकाहरूमध्येबाट गरिब तथा जेहेन्दार पाँच जना विद्यार्थीलाई सहयोग पुगोस् भन्ने उद्देश्यले उक्त सहयोग गरिएको बैंकले जानकारी दिएको छ।

बिचबजार शाखाका प्रमुख खिलप्रसाद सिलवालले विद्यालयका प्रधानाध्यापक विष्णुहरी अधिकारीलाई छात्रवृत्ति रकमको चेक हस्तान्तरण गरे।

प्रकाशित: ३ वैशाख २०८० १४:५७ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast