मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

हिमाल प्रेस ४ वैशाख २०८० १६:५२ | Monday, April 17, 2023
मलेसिया पठाइदिन्छु भनेर ठगी गर्ने पक्राउ

काठमाडौँ – मलेसिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्। पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१० थापागाउँ बस्ने ५१ वर्षीया विमला थापा रहेकी छन्।

थापाले कमल चौधरीलाई ‘मलेसिया पठाइदिन्छु तथा राम्रो कम्पनीमा काम लगाइदिन्छु’ भन्दै प्रलोभनमा पारी रकम लिई सम्पर्कविहीन बनेकी थिइन्। वैदेशिक रोजगार विभागले काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलाई थापालाई पक्राउ गरी उपस्थित गराइदिन हुन पत्राचार गरेको थियो।

सोही आधारमा कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले थापालाई सोमबार पक्राउ गरेको थियो। उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग बुद्धनगर पठाइएको प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए।

प्रकाशित: ४ वैशाख २०८० १६:५२ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast