मन्त्रीहरू नै रकम असुल्दा रहेछन् : पर्यटनमन्त्री किराती

हिमाल प्रेस १४ वैशाख २०८० १८:५१ | Thursday, April 27, 2023
मन्त्रीहरू नै रकम असुल्दा रहेछन् : पर्यटनमन्त्री किराती फाइल तस्बिर।

काठमाडौँ– संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले मन्त्रीहरूले नै विभागीय प्रमुख, कार्यकारी निर्देशकलगायतको नियुक्तिमा रकम असुल्ने गरेको बताएका छन्। नेपाल वायुसेवा निगमको वार्षिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री किरातीले यस्तो बताएका हुन्।

वायुसेवा निगम खाने ‘खुम्ले किरा’ मन्त्रीहरू नै भएको उनको भनाइ छ। ‘म मन्त्री भएको सय दिन भयो यो बेलासम्म मलाई धेरै कुरा थाहा भयो। वायुसेवा निगमलाई यो अवस्थामा पुर्‍याउन मन्त्रीहरूको ठूलो हात रहेछ,’ उनले भने।

मन्त्री किरातीले निगमका कर्मचारीहरू पनि उत्तिकै दोषी रहेको बताए। ‘नागरिक उडड्यनको तालुकदार मन्त्रीले लाख होइन करोडमा पैसा उठाएपछि मातहतका कर्मचारीले व्यवसायिक कार्ययोजना होइन, पैसा असुल्ने कार्ययोजना बनाउँछन्,’ उनले भने।

निगमलाई सुधार्न जस्तोसुकै जोखिम मोल्न तयार रहेको भन्दै उनले आफूलाई कुनै पनि दवाव र प्रभावले फरक नपर्ने बताए।

प्रकाशित: १४ वैशाख २०८० १८:५१ | Thursday, April 27, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + 19 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast