मतदातालाई धन्यवाद दिँदै स्वर्णिमले भने : चुनावमा गरेका बाचा डगमग हुन दिनेछैन

हिमाल प्रेस १२ वैशाख २०८० १०:१६ | Tuesday, April 25, 2023
मतदातालाई धन्यवाद दिँदै स्वर्णिमले भने : चुनावमा गरेका बाचा डगमग हुन दिनेछैन

काठमाडौँ- तनहुँ-१ को प्रतिनिधिसभा सदस्यमा विजयी बनेपछि स्वर्णिम वाग्लेले उच्चत लोकतान्त्रिक अभ्यासको प्रयोग भएको बताएका छन्।

सामाजिक सञ्जालमार्फत मतदातालाई धन्यवाद दिँदै आफू र आफ्नो पार्टीप्रति देखाएको अपार स्नेह, विश्वास र भरोसाप्रति डगमग हुन नदिने बताएका हुन्।

‘यहाँहरूले म प्रति प्रकट गर्नु भएको र मतदान गर्नुभएको प्रत्येक मतको मूल्य, महत्त्व र मैले खेल्नु पर्ने भूमिका प्रति म अति नै सजग रहने छु र तपाईंहरूको भरोसालाई म कुनै पनि डगमग हुन दिने छैन भन्ने विश्वास पनि दिलाउन चाहन्छु।’

उनले भनेका छन्, ‘यी मतहरू तपाईंहरूले मलाई भन्दा पनि तनहुँ क्षेत्र नं १ हुँदै समग्र मुलुककै मुहार फेर्नका लागि प्रदान गर्नु भएको हो भन्ने आशयका साथ मैले बुझेको छु।’

उनले जितहारको प्रक्रियालाई स्वाभाविकरूपमा लिई आगामी दिन हातेमालो गर्दै अघि बढ्ने र तनहुँ हुँदै सम्पूर्ण मुलुककै अर्थतन्त्र उकास्न सहयोग हुने बताएका छन्।
उनले आज विभिन्न स्थानमा पुगेर मतदातालाई धन्यवाद दिने बताएका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी
तनहुँ क्षेत्र नं. १ निर्वाचित प्रतिनिधि सभा सदस्य डा. स्वर्णिम वाग्लेको बैशाख १२ गतेको तालिकाः
८ः०० बजे निर्वाचित भएको प्रमाणपत्र ग्रहण, मतगणना स्थल, दमौली
८ः१५ देखि १० बजे धन्यबाद यात्रा, अनसन चौतारी, दमौलीबाट बजार परिक्रमा
१० देखि ११ बजे दमौलीबाट बन्दिपुर यात्रा
११देखि ११ः३० बजे बन्दिपुरमा धन्यवाद यात्रा
११ः३० देखि ११ः५० बजे बन्दिपुरबाट डुम्रे यात्रा
११ः५०देखि१२ः४५ बजे डुम्रेमा धन्यवाद यात्रा
१ः४५देखि २ः३० बजे नारेश्वरटार धन्यवाद यात्रा
२ः३० देखि ३ः३० बजे आँबुखैरेनी यात्रा
३ः३०देखि ४ः३० बजे आँबुखैरेनी धन्यवाद यात्रा
४ः३० देखि ५ः१५ बजे देवघाट जाने
५ः१५देखि ६ः०० बजे देवघाट धन्यवाद यात्रा
६ः०० बजे आआफ्नो स्थान फर्कने

प्रकाशित: १२ वैशाख २०८० १०:१६ | Tuesday, April 25, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast