मण्डलाले खुलायो ‘जून’को टिकट बुकिङ

हिमाल प्रेस १० वैशाख २०८० १४:०६ | Sunday, April 23, 2023
मण्डलाले खुलायो ‘जून’को टिकट बुकिङ

काठमाडौँ- थापागाउँस्थित मण्डला नाटकघरमा हुने भनिएको नृत्य नाटक ‘जून’को टिकट बुकिङ खुला गरिएको छ। मण्डलाले आफ्नो फेसबुक पेजमार्फत टिकट बुकिङ खुला गरेको जानकारी गराएको हो।

आगामी वैशाख १५ गतेदेखि सुरु हुने नाटक वैशाख २४ सम्म चल्नेछ।

नाटकका परिकल्पनाकार तथा निर्देशक नम्रता केसी हुन्। संयोग गुरागाईको लेखन रहेको नाटकमा सलिन मगर र शाश्वत श्रेष्ठले संगीत भरेका छन्।

सोमनाथ खनालको प्रस्तुति रहेको नाटक बेलुका साढे ५ बजेदेखि सुरु हुनेछ। साथै शनिबार दिउँसो २ बजे अतिरिक्त शो हुनेछ।

नाटकमा मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनिशा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ती सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियंका चम्लागाईं, दीलशा गुरुङ, सर्मिष्ठा दास, सुजता दास, सृष्टि दास र दृष्टि दाहालको अभिनय छ।

नाटकको पहिलो मञ्चन मार्च २४ अर्थात् गत चैत १० गते जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो।

प्रकाशित: १० वैशाख २०८० १४:०६ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast