मण्डलामा ‘जून’ लाग्‍ने

हिमाल प्रेस १३ वैशाख २०८० १३:३३ | Wednesday, April 26, 2023
मण्डलामा ‘जून’ लाग्‍ने

काठमाडौँ- सांगीतिक नृत्यनाटिका ‘जून : मोर द्‍यान अ फेयरी टेल’ मञ्चन हुने भएको छ। काठमाडौँ, थापागाउँस्थित मण्डला नाटकघरमा वैशाख १५ देखि २४ सम्म नाटक मञ्चन हुनेछ।

सोमबारबाहेक हरेक साँझ ५ बजे देखाइने नाटक शनिबार दिउँसो २ बजे मञ्चन गरिनेछ। नौ दिनसम्म चल्ने नाटकको लगभग साढे दुई मिनेट लामो भिडियो सार्वजनिक गरिएको छ। जसमा ‘टाला टुली बाटुली’ लोरी सुन्न सकिन्छ। जसमा शब्द संयोग गुराँगाईको र स्वर गोविन्द केसीको रहेको छ। सलिन मगर र शाश्वत श्रेष्ठको संगीत रहेको सो लोरी नृत्यनाटिकाको एउटा दृश्य हो।

नम्रता केसीको निर्देशन गर्ने नृत्यनाटिकाको मृणल श्रेष्ठ, प्रनेश श्रेष्ठ, मनिशा बस्नेत, मेलिशा घिमिरे, निकोल श्रेया तामाङ, गणेश श्रेष्ठ, अनु गौतम, कुन्ती सिमली, रिज्वन थापा, अनिश पुडासैनी, ज्ञानु लामा, अनमी बोहोरा, प्रियंका चम्लागाईं, दीलशा गुरुङ, सर्मिष्ठा दास, सुजता दास, सृष्टि दास र दृष्टि दाहालको अभिनय छ।

नाटिकको पहिलो मञ्चन चैत १० मा जमलस्थित राष्ट्रिय नाचघरमा गरिएको थियो। जसमा सानैमा आमा गुमाएकी जूनको कथा छ। ऊ आफ्नी नयाँ आमा र दुई दिदीबहिनीसँग बस्न बाध्य छ। जूनका जीवनमा आउने उतारचढाव नृत्यनाटकमा हेर्न सकिनेछ।

नृत्यनाटिकको टिकट बुकिङ खुला गरिसकिएको छ। मण्डलाले आफ्नो फेसबुक पेजमार्फत टिकट बुकिङ खुला गरेको जानकारी गराएको हो।

प्रकाशित: १३ वैशाख २०८० १३:३३ | Wednesday, April 26, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight − 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast