भूगोल इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

हिमाल प्रेस २७ चैत २०७९ १०:०६ | Monday, April 10, 2023
भूगोल इनर्जीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज

काठमाडौँ- भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा आवेदन दिने सोमबार अन्तिम दिन रहेको छ।

लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन्। भूगोल इनर्जीले चैत २३ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको हो। यसले १० करोड ८८ लाख १० हजार ७ सय रुपैयाँ बराबरको १० लाख ८८ हजार १०७ कित्ता आईपीओ जारी गरेको छ।

यो मध्ये १० प्रतिशत अर्थात् १ लाख ८ हजार ८११ कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको छ। यस्तै, ५ प्रतिशत अर्थात् ७१ हजार ९१६ कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको छ। बाँकी १३ लाख ४६ हजार ९९३ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

सीडीएसका अनुसार आइतबारसम्म ९ लाख ४८ हजार २०५ जनाले १ करोड ७ लाख ३२ हजार ३५० कित्तका लागि आवेदन दिइसकेका छन्। यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ७।९६ गुणा बढी आवेदन हो।

प्रकाशित: २७ चैत २०७९ १०:०६ | Monday, April 10, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast