भुटानी शरणार्थी प्रकरण : ५ करोड ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

हिमाल प्रेस ७ वैशाख २०८० ११:२० | Thursday, April 20, 2023
भुटानी शरणार्थी प्रकरण : ५ करोड ठगिएको भन्दै १० जना प्रहरीको सम्पर्कमा

काठमाडौँ- भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर ५ करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आइपुगेका छन्।

नेपाल प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार अहिलेसम्म १० जना पीडितहरू सम्पर्कमा आएका र उनीहरूले ५ करोड १९ लाख ९७ हजारभन्दा बढी ठगी भएको भनी १० वटा छुट्टाछुट्टै किटानी जाहेरी दिएका छन्।

कार्यालयमा परेका जाहेरी र आवश्यक अनुसन्धानका कागजातसहित थप कारबाहीका लागि बुधबार काठमाडौँ जिल्ला प्रहरी परिसर टेकुमा बुझाइएको कार्यालयका प्रहरी उपरीक्षक सोमेन्द्रसिंह राठौरले जानकारी दिए। उक्त ठगीको आरोपमा यसअघि नै कार्यालयले सन्देश शर्मा, सानु भण्डारी र केशव दुलाललाई पक्राउ गरी परिसरमा बुझाइसकेको छ।

उनीहरूको मिलेमतोमा २०७७ सालदेखि हालसम्म विभिन्न नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाई अमेरिका लैजान्छु भनेर प्रलोभन र विश्वासमा पारी कास्की, दाङ, मोरङ, रुकुमलगायतका जिल्लाका नागरिकलाई करोडौँ रकम ठगेका पाइएको प्रहरीले जनाएको छ। यसरी ठगीमा ८१ जना परेका छन्।

अहिलेसम्म १३ करोड ठगी भएको प्रारम्भिक अनुमान छ। पीडितहरूले फाराम भर्न मात्रै १५ देखि २० लाख तिरेको तथ्य प्रहरीले फेला पारेको थियो। -रासस

प्रकाशित: ७ वैशाख २०८० ११:२० | Thursday, April 20, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast