ओलम्पिक छनोट खेलमा प्रतिष्पर्धा गर्दै नेपाल (रातो जर्सीं) र भियतनाम (सेतो जर्सी)का खेलाडीहरू। तस्बिरः दिपेश श्रेष्ठ/हिमाल प्रेस
काठमाडौँ– नेपाली महिला टिम भियतनामसँगको खेलमा ५-१ गोलको अन्तरले पराजित बनेको छ। पेरिस ओलम्पिक २०२४ को छनोटको महिला फुटबलअन्तर्गत एसियाली प्रतियोगिताको पहिलो चरणमा विश्वकप खेलिसकेको भियतनामसँग नेपाली टिम पराजित बनेको हो।
दशरथ रंगशालामा भएको पहिलो चरणको छनोटको पहिलो लेगमा मध्यान्तरअघि नै तीन गोल खाएको नेपालले दोस्रो हाफमा थप दुई गोल सामना गर्यो। फिफा विश्व वरीयताको ३८औं स्थानमा रहेको भियतनाम टिमका लागि कप्तान ह्युन नुले दुई तथा फाम हाइ यव र थी थान नहाले थप एक/एक गोल गरिन्।
नेपालकी अमृता जैशीले गरेको आत्मघाती १ गोलसहित भियतनामले ५ गोल गरेको हो। फिफा वरियताको १ सयौं स्थानमा रहेको नेपालका तर्फबाट सावित्रा भण्डारीले १ गोल गरिन्।
प्रकाशित: २२ चैत २०७९ २०:३६ | Wednesday, April 5, 2023
प्रतिक्रिया





