भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

हिमाल प्रेस २ वैशाख २०८० १७:४० | Saturday, April 15, 2023
भारतमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु

नयाँदिल्ली- भारतको महाराष्ट्रस्थित रायगढमा बस दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ। शनिबार बिहान भएको यात्रीबाहक बस दुर्घटनामा १२ जनाको मृत्यु हुनुका साथै २५ जना घाइते भएका छन्।

चालीस जना यात्री लिएर पुणे सहरको पिम्पल गुरव क्षेत्रबाट गोरेगाउँतर्फ गइरहेको सरकारी स्वामित्वको बस शनिबार बिहान करिब चार बजे खाल्डोमा खसेको स्थानीय प्रहरीले जानकारी दिएको छ।

प्रहरीका अनुसार बसमा ४० जनाभन्दा बढी यात्रु थिए। गृहमन्त्री अमति शाहले दुर्भाग्यपूर्ण घटना भएको भन्दै उद्धार तथा उपचारमा जुट्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। स्थानीय प्रशासन सहायताका लागि घटनास्थलमा जुटेको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन्। उद्धार तथा राहतसम्बन्धी काम भइरहेका भारतीय सञ्चारमाध्यमले उललेख गरेका छन्। रासस/सिन्ह्वा

प्रकाशित: २ वैशाख २०८० १७:४० | Saturday, April 15, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast