भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु

हिमाल प्रेस ४ वैशाख २०८० ७:०३ | Monday, April 17, 2023
भक्तपुरमा माटोको ढिस्कोले पुरिएर एकको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- भक्तपुरको सूर्यबिनायक नगरपालिका–२ बालकोटस्थित रागीनी हाइटमा माटोको ढिस्कोले पुरिएर एकजनाको मृत्यु भएको छ।

ढल विस्तारको लागि खाल्डो खन्न्ने क्रममा पुरिएर सुनसरी घर भएका २२ वर्षीय नितेश सदाको मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी वसन्त पाठकले बताए ।

ढल खन्ने क्रममा पुरिएका सुनसरीको गढी गाउँपालिका घर भएका ३० वर्षीया सियाराम सदाको भक्तपुर इन्टरनेसनल अस्पतालमा उपचार भइरहेको छ।

ढिस्कोले पुरिएकालाई सुरक्षाकर्मीले जेसीबीको सहायताले उद्दार गरेका थिए।

 

प्रकाशित: ४ वैशाख २०८० ७:०३ | Monday, April 17, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast