बैतडीको दोगडाकेदारमा एक युवकको हत्या

हिमाल प्रेस ३ वैशाख २०८० ८:३१ | Sunday, April 16, 2023
बैतडीको दोगडाकेदारमा एक युवकको हत्या प्रतिनिधिमूलक तस्बिर

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिका-८, कालागाउँका एक युवकको हत्या भएको छ। अन्दाजी ३७ वर्षीय वासुदेव जोशीको हत्या गरिएका अवस्थामा शव फेला परेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।

शनिबार बेलुका ८ बजे घर नजिकै हत्या गरिएको अवस्थामा जोशीको शव फेला परेको हो। उनको धारिलो हतियार प्रहार गरी हत्या गरिएको बताइएको छ।

थप अनुसन्धानका लागि प्रहरी निरीक्षक खत्री नेतृत्वको टोली घटनास्थलतर्फ गएको छ।

प्रकाशित: ३ वैशाख २०८० ८:३१ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast