बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ : अध्यक्ष गोल्यान

हिमाल प्रेस २८ चैत २०७९ १९:१३ | Tuesday, April 11, 2023
बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्छ : अध्यक्ष गोल्यान

काठमाडौँ- बैंक तथा वित्तीय संस्था परिसंघ (सीबीफीन)का अध्यक्ष पवनकुमार गोल्यानले बैंकको ब्याजदर ८ प्रतिशतमा ल्याउनुपर्ने बताएका छन्।

परिसंघले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष गोल्यानले नेपालको कुनै पनि क्षेत्रले ११ प्रतिशत बैंकको ब्याज थेग्न नसक्ने भएकाले ब्याजदर घटाउनुपर्ने बताएका हुन्।

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसँगको भेटमा दुवै जनाले ब्याजदर घटाउने बताएको उनले बताए। सीबीफीनले २ अंकको ब्याजदर घटाउन सुझाव दिएपछि गभर्नर अधिकारी घटाउने पक्षमा रहेका गोल्यानको भनाइ थियो।

अध्यक्ष गोल्यानले गभर्नर अधिकारीले बैठकमा तीन महिनाभित्र बैंकको ब्याज एकल अंकमा आउने जानकारी दिएको बताए। भारतमा ६ दशमलव ५ प्रतिशत मात्रै निक्षेपको ब्याजदर भएको भन्दै नेपालमा ११ प्रतिशत आवश्यक नभएको गोल्यानले औंल्याए। कर्जाको ब्याज ८ प्रतिशतमा ल्याएर निक्षेपको ब्याज ६ प्रतिशत कायम गर्नुपर्नेमा गोल्यानको जोड थियो।

प्रकाशित: २८ चैत २०७९ १९:१३ | Tuesday, April 11, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast