बेइजिङस्तिथ नेपाली राजदूतले पद बहालीको १० महिनामा बुझाउन पाए ओहोदाको प्रमाण पत्र

हिमाल प्रेस ११ वैशाख २०८० २०:३० | Monday, April 24, 2023
बेइजिङस्तिथ नेपाली राजदूतले पद बहालीको १० महिनामा बुझाउन पाए ओहोदाको प्रमाण पत्र

काठमाडौँ– छिमेकी चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले जिम्मेवारी सम्हालेको १० महिना पुग्दै गर्दा राजदूतको ओहोदाको प्रमण पत्र बुझाउन पाएका छन्। उनी गत असारमा चीनका लागि नेपाली राजदूत नियुक्त भएका थिए। नियुक्तिलगत्तै उनी बेइजिङ गए पनि अहिलेसम्म उनले चिनियाँ राष्ट्रपतिसमक्ष ओहोदाको प्रमाण पत्र बुझाउन पाएका थिएनन्।

नेपालमा छिमेकी हुन् या अन्य मित्र मुलुक जुन देशबाट राजदूत भई आएका भए पनि तत्कालै ओहोदाको प्रमाण पत्र बुझाउने गरेका छन्। गैरआवासीय राजदूतलेसमेत यति लामो समय नेपालमा कुर्नु परेको हुँदैन।

तर नेपालले आफ्नो मित्र वा छिमेकी मुलुकमा यसरी पर्खन परेको र राष्ट्र प्रमुख वा कार्यकारी प्रमुखसँग भेट नपाएको उदाहरण भने योमात्र होइन। यसअघि पनि विभिन्न राष्ट्रको राजदूत बनेका नेपाली अधिकारीहरूले ओहोदाको प्रमाण पत्र बुझाउन लामो समय पर्खनु परेको छ।

राजदूत श्रेष्ठले चिनियाँ ग्रेट हलमा ७२ मुलुकका राजदूतसँगै ओहोदाको प्रमाण पत्र बुझाएका थिए। त्यहाँ चिनियाँ राष्ट्रपति सि चिनफिङले उनीहरूलाई कार्यकालको शुभकामना दिएका थिए। एकै दिनमा ७२ राजदूतको ओहोदाको प्रमण पत्र बुझेका राष्ट्रपतिले राजदूतसँग छुट्टै कुराकानी खासै गर्न भ्याएनन्। यद्यपि समकक्षीको सन्देशसम्म राजदूतले पढेर सुनाएका थिए।

उक्त सममारोहमा वाङ यी, परराष्ट्रमन्त्री क्विन गाहलगायतका अधिकारीहरूको उपस्थिती रहेको थियो। यस्ता कार्यक्रममा दुईपक्षीय छलफल हुने, सन्देश सुन्ने सनाउने, चियाँ खाने र गफ गर्ने चलन हुन्छ।

प्रमाण पत्र बुझ्ने समारोह बेइजिङमा सामूहिक रूपमा आयोजना भए पनि चिनियाँ राष्ट्रपतिको अत्यधिक व्यस्तताका कारण राजदूतले आफ्ना कुरा राख्न र कौतुहलता पोख्न पाएनन्। उनले योबीचमा आफ्नो ओहोदाको प्रमाण पत्रको कपी त्यहाँको परराष्ट्रमा बुझाएर काम गर्दै आएका थिए।

प्रकाशित: ११ वैशाख २०८० २०:३० | Monday, April 24, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast