बीवाईडी गाडी खरिदमा एनएमबीले कर्जा लगानी गर्ने

हिमाल प्रेस ३ वैशाख २०८० १२:१४ | Sunday, April 16, 2023
बीवाईडी गाडी खरिदमा एनएमबीले कर्जा लगानी गर्ने

काठमाडौँ- नेपालका लागि बीवाईडी गाडीको आधिकारिक वितरक साइमेक्स इंक प्रालि र एनएमबी बैंकबीच वित्तीय सहकार्य भएको छ।

यो सहकार्यसँगै बीवाईडीका गाडी खरिदमा एनएमबी बैंकले सुलभ ब्याजदरमा कर्जा लगानी गर्नेछ। बैंकले ५ वर्षसम्मको लागि १२.४९ प्रतिशत ब्याजदरमा कर्जा लगानी गर्नेछ। त्यसका साथै गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लगानी हुने सम्झौतामा उल्लेख गरिएको छ।

साइमेक्स इंक प्रालिका प्रबन्ध निर्देशक यमुना श्रेष्ठले एनएमबी बैंकसँगको साझेदारीले बीवाईडीका गाडीको ग्राहकसम्म पहुँच थप विस्तार हुने अपेक्षा रहेको बताइन्। उनले भनिन्, ‘बीवाईडी खरिद गर्नेलाई बैंकले सहज तरिकाले कर्जा उपलब्ध गराउने भएकाले यो सहकार्य दुवै संस्थाका लागि लाभदायक हुनेछ।’

प्रकाशित: ३ वैशाख २०८० १२:१४ | Sunday, April 16, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + sixteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast