बारा २ मा मुख्यमन्त्री आफैँ बसेर बुथकब्जा गरे : सीके राउत

हिमाल प्रेस १० वैशाख २०८० १२:१४ | Sunday, April 23, 2023
बारा २ मा मुख्यमन्त्री आफैँ बसेर बुथकब्जा गरे : सीके राउत जनमत पार्टीका अध्यक्ष डा. सीके राउत।

काठमाडौँ- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले उपनिर्वाचनका लागि बारा-२ मा जारी मतदानका क्रममा जसपाका कार्यकताले बुथकब्जा गरेको आरोप लगाएका छन्। उनले मधेश प्रदेशमा मुख्यन्त्री सरोजकुमार यादव आफैँ बुथमा बसेर जसपा प्रतिनिधिलाई मतदान केन्द्रमा प्रवेश गर्नै नदिएको आरोप लगाए।

जसपाका कार्यकर्ताले मनपरी गर्दा पनि सुरक्षाकर्मीले कुनै हस्तक्षेप नगरेको उनको भनाइ छ। राउतले भने, ‘सुरक्षाकर्मीलाई फोन गर्दा चासो दिएका छैनन्। मुख्यमन्त्री आफैँ बुथमा बसेका छन्। सुरक्षाकर्मीले पनि सत्तापक्षलाई सघाइरहेका छन्।’

देवताल, बेलटारी, पचरौतालगायतका केही मतदान केन्द्रमा जसपाले त्रास देखाएर कब्जा गरेको आरोप उनले लगाए। महागढीमाई नगरपालिकाको इनर्वा बुथमा पनि जसपाले आफ्ना कार्यकर्तालाई प्रवेश गर्नै नदिएको आरोप जनमतले लगाएको छ।

प्रहरी प्रशासनले पनि सत्ता पक्षकै सहयोग गरेको अवस्थामा पनि आफ्नो पार्टीले चुनाव जित्ने उनले बताए। उनले भने, ‘तर निष्पक्ष हुन सकेन। दक्षिणतिर निकै भयावह अवस्था छ।’

बारा निर्वाचन क्षेत्र २ मा जसपा अध्यक्ष उपेन्द्र यादव चुनावी मैदानमा छन्। यस्तै एमालेबाट पुरुषोत्तम पौडेल, जनमत पार्टीका शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेल र आमजनता पार्टीका अरुण ज्ञावाली मैदानमा छन्।

प्रकाशित: १० वैशाख २०८० १२:१४ | Sunday, April 23, 2023

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + eighteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast